• होमपेज
  • कला /साहित्य
  • पारस भट्ट प्यासीको (कविता) जन्मदिन मै मन रुने

पारस भट्ट प्यासीको (कविता) जन्मदिन मै मन रुने

  • शनिबार, बैशाख २९, २०८१
पारस भट्ट प्यासीको (कविता) जन्मदिन मै मन रुने

मेरो बा हजुर एक रात कहिँ गए
रात भरी न निदाएर बस्थे म
हजुर सम्झेर बस्थे अनि रुन्थे
बा कतिखेर पो आउलान् सम्झेर बस्थे
कहिले छोडेन मैले मेरो बा को साथ
बा ले पनि समाउन छोडेको
हुदैन थियो मेरो हात!

बिमारी मान्छे र पनि मलाई रातभरी
सम्झाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो
नराम्रो काम कहिले नगर्नु
कसैको कुभलो नचिताउनु
कसैको चित्त नदुखाउनु
इमानदारी र ज्ञानि हुनु भनी
उन्तीस सय बीस दिन भयो हजुरले
संसार छोडेर गएको पनि !

बुढेसकालमा जन्मिएको म
घरको कान्छो छोरो
कति माया गर्नु हुन्थ्यो है
मिठो मिठो फलफुल
ल्याइदिनु हुन्थ्यो है
एकरात हजुर बिना
बिताउन गार्हो मान्ने म
खै कसरी पो बिताएर आए
यत्तीका रात हजुर बिना !

बिर्षेको छैन मेरो बा हजुरलाई,
हजुरको सेतो फुलेको दारिलाई !
सकेजत्ती राम्रो काम नै
गर्न पाए हुन्थ्यो भन्छु
दुख पिडा परेको मान्छेलाई
सघाउन पाए भन्छु
आफुले सकेको सहयोग
गर्न पाए हुन्थ्यो सोच्छु
दिनत म सँग के छ र
सान्त्वना दिन भएपनी
आपत बिपत परेको ठाउँमा
म पुग्न पाए सोच्छु!

हजुरले हातमा हाल्ने घडी
अझैसम्म छ
हजुरले लाउने धागा टोपी
अझैसम्म छ
गलत काममा पनि
पाइला चालेको छैन्,
हजुरले टेक्ने त्यो लठ्ठी पनि
फालेको छैन!

हरेक बर्ष मेरो जन्मदिनमा
जेरि बनाउ हुन्थ्यो
र मेरो छोराको आज जन्मदिन भन्दै
सबै जनालाई घरमा बोलाउनु हुन्थ्यो
र मीठो मसिनो खुवाउनु हुन्थ्यो
मलाई टीका लाउनु हुन्थ्यो
आशिर्वाद दिनु हुन्थ्यो
मेरो बा को आशीर्वादले
म हाँसी खुसी बाँचेको छु
मेरो बा को अर्ति उपदेश
आशीर्वाद मनमा साँचेको छु!

बा हजुर साथमा नभए पनि
आज यादहरु साथमा छन्
सम्झनाहरु साथमा छन्
हजुर जहाँ भएपनी मलाई मेरो बा
हजुरको आशिर्वाद चाहिन्छ
मलाई आशीर्वाद दिनु
निकै न्यास्रो लागेको छ मेरा बा
आज राती सपनामा आइदिनु
जन्मदिनको सुभकामना
मेरो छोरा भनिदिनु
मलाई खुसी बनाइदिनु
बा आज मेरो जन्मदिन “!

 

चर्चामा

सम्बन्धित समाचार