बाजुरा– हावाहुरीका कारण केही दिनदेखी अछाम र बाजुराको विद्युत् सेवा अनियमित बन्दै गएकाे छ। पहाडी जिल्लामा हावा हुरीसँगै वर्ष हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणकाे राष्ट्रिय प्रसारण लाइन अनियमित बन्दै गएकाे हाे ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हावा हुरी सँगै वर्षा हुने बित्तिकै राष्ट्रिय प्रसारण लाइनकाे बिधुत सेवा अवराेध हुने गरेकाे प्राधिकरणले जनाएकाे छ।