बाजुरा– बाजुराकाे बुढिगंगा नगरपालिका एक युवक लागूऔष खैराे हिराेइन सहित प्रकाउ परेका छन । प्रकाउ पर्नेमा बुढिगंगा नगरपालिका ५ का २५ बर्षिया बिनोद थापा रहेका छन ।
बुधबार राती बुढिगंगा नगरपालिका ६ फालासैनबाट लागू औषध (खैरो हिरोईन) को कारोबार बिक्रि बितरण गर्ने गरेको छ भन्ने गोप्य सुचानाको आधारमा प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
थापाकाे पसलमा चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु.३६ हजार २ सय ८० रुपियाँ सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएकाे छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।