बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • राजनीति
  • इलाममा ६८ प्रतिशत मतदान

इलाममा ६८ प्रतिशत मतदान

  • शनिबार, बैशाख १५, २०८१
इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ६८ प्रतिशत मत खसेको छ । अहिले ४ बजेसम्मको तथ्यांक अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

खसेको मत सङ्ख्याको आधारमा यो ६८ प्रतिशत मत हो । इलाम-२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । बिहान ७ बजेदेखि ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

चर्चामा

सम्बन्धित समाचार