शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • राजनीति
  • इलाम-२ मा अहिलेसम्म ४२ प्रतिशत मत खस्यो

इलाम-२ मा अहिलेसम्म ४२ प्रतिशत मत खस्यो

  • शनिबार, बैशाख १५, २०८१
इलाम-२ मा अहिलेसम्म ४२ प्रतिशत मत खस्यो

विराटनगर– इलाममा क्षेत्र नम्बर २ मा शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान सात बजेदेखि सुरु भएको मतदानमा एक बजेसम्म ४२ प्रतिशत मात्रै मत खसेको छ ।

इलामका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेका अनुसार बिहानको तुलनामा अहिले मतदान केन्द्रहरुमा भिडभाड बढेको बताए । उनले अहिलेसम्म ४२ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए ।

बिहान भन्दा अहिले मतदान केन्द्रहरूमा मतदाताको भिड बढ्न थालेको छ । उनले नेपाल प्रेससँग भने,’ यो सङ्ख्या अझै बढ्छ भन्ने अनुमान छ ।’ इलाममा भएको निर्वाचनमा करिब ४९ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार इलाम क्षेत्र नम्बर २ मा ७९ वटा मतदान स्थल र एक सय ४९ वट मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भई रहको छ ।

इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् । इलाममा साँझ ५ बजेसम्ममा मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउनेछन् । मतदान बिहान ७ बजे बाट शुरु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार