शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • जनक बुढाको दाबी– ९ हजारको हाराहारीमा मत ल्याएर चुनाव जित्छु

जनक बुढाको दाबी– ९ हजारको हाराहारीमा मत ल्याएर चुनाव जित्छु

  • आइतवार, बैशाख ९, २०८१
जनक बुढाको दाबी– ९ हजारको हाराहारीमा मत ल्याएर चुनाव जित्छु

बझाङ— बझाङ प्रदेशसभा १ अन्तर्गत वैशाख १५ गते हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि दलका उम्मेदवारहरू यतिबेला मतदाताका घरघरमा मत माग्न व्यस्त छन् । चुनावी प्रतिस्पर्धामा सत्ता गठबन्धनका चार दलसहित १२ दलबाट ११ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट साझा उम्मेदवार उठाउने प्रयास असफल भएपछि एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाले छुट्टा छुट्टै उम्मेदवारी दिएका हुन् ।

गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका माओवादी केन्द्रका उम्मेदवार जनकराज बुढाले उपनिर्वाचन आफूले जित्ने दाबी गरेका छन् । मतदाताहरूको घरदैलोको क्रममा आइतबार आफ्नै गाउँपालिका छबिसपाथीभेरा गाउँपालिकामा मत माग्न व्यस्त रहेका बुढाले अहिलेसम्मको स्थिति उत्साहपूर्ण रहेको बताए । यो पटक आफूले जित्ने तीनवटा आधार प्रस्तुत गरेका छन् ।

‘अहिलेसम्म स्थिति उत्साहपूर्ण छ । एमाले र कांग्रेसका साथीहरुसँग पनि मेरो सम्बन्ध राम्रो छ । मेरो पक्षमै माहौल देखिन्छ । स्थानीय तहमा पनि हाम्रो स्थिति राम्रै छ । एक पालिका प्रमुख र तीन उपप्रमुख जितेका छौँ । १३ वटा वडाध्यक्ष जितेको छौँ । विकास निर्माणदेखि जनताका हरेक समस्यामा समाधान गर्न म निरन्तर लागिरहेको छु । पब्लिक सेन्टिमेन्टका हिसाबले पनि म सबैभन्दा योग्य उम्मेदवार रहेको सबैलाई थाह छ । कांग्रेस र एमालेका साथीहरूले पनि मलाई भोट दिन्छन् । किनकि हिजोका दिनमा गठबन्धनमा म इमानदार भएर लागेका कारणले जिताउनुपर्छ भन्नेमा सबै सकारात्मक छन् । त्यसैले ९ हजारको हाराहारीमा मत ल्याएर जित्छु’, आइतबार रातोपाटीसँग बुढाले भने ।

एक नगरपालिका, ६ गाउँपालिका र एक वडा रहेको सो क्षेत्रमा करिब ६१ हजार मतदाता रहेका छन् । २०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका उम्मेदवार जयपृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचनमा कांग्रेसका अभिषेक सिंह, गठबन्धनबाट एमालेका दमनबहादुर भण्डारी, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री प्रतिस्पर्धामा छन् । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार