मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म विपरीत : भीम रावल

सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म विपरीत : भीम रावल

  • आइतवार, बैशाख २, २०८१
सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म विपरीत : भीम रावल

काठमाडौं–  नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकाङ्क्षा विपरीत भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी नाउपा का दुई जनाले दाबी पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।

नेता रावलले यस्तै कृत्य संघियताको मानक हो भने संघियताको औचित्य नभएको बताएका छन् । उनले भनेका छन् ‘कोशी प्रदेश पछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्ता स्वार्थको खेल दुई जनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन १० संविधानको मर्म र जनताको आकाङ्क्षा विपरीत छ । यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति ’

चर्चामा

सम्बन्धित समाचार