मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • नाउपा सुदूरपश्चिम संसदीय दलका नेतालाई रञ्जिताले गरिन् निलम्बन

नाउपा सुदूरपश्चिम संसदीय दलका नेतालाई रञ्जिताले गरिन् निलम्बन

  • शुक्रबार, चैत्र ३०, २०८०
नाउपा सुदूरपश्चिम संसदीय दलका नेतालाई रञ्जिताले गरिन् निलम्बन

धनगढी— नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरिएको छ।

शुक्रवार पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले घनश्यामलाई कारबाहीस्वरुप तीन महिनाका लागि निलम्बित गरिएको जानकारी दिइन्। उनका अनुसार पार्टी बैठकमा उपस्थित नभएको र स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएकाले चौधरीलाई कारबाही गरिएको हो।

श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको पत्र सभामुख भीम भण्डारीलाई पनि पठाएकी छन्। यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन्। घनश्याम रेशम चौधरी पक्षका हुन्। यसअघि श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन्।

चर्चामा

सम्बन्धित समाचार