मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • गण्डकीमा खगराज अधिकारीले लिए मुख्यमन्त्रीको शपथ, दीपक मनाङे फेरि मन्त्री

गण्डकीमा खगराज अधिकारीले लिए मुख्यमन्त्रीको शपथ, दीपक मनाङे फेरि मन्त्री

  • आइतवार, चैत्र २५, २०८०
गण्डकीमा खगराज अधिकारीले लिए मुख्यमन्त्रीको शपथ, दीपक मनाङे फेरि मन्त्री

पोखरा— गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र एक स्वतन्त्र (दीपक मनाङे) गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ ।

नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाने तयारीमा छ ।

उनीसहित नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे) ले पनि शपथ लिएका छन् । चुमान र गुरुङले विनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । यसअघि नेकपा एस छाडेको घोषणासहित सुरेन्द्र पाण्डे नेतृत्वमा मन्त्री खाएका मनाङे अधिकारीलाई समर्थन जनाउँदै आज फेरि मन्त्री बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार