सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए सपथ

लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए सपथ

  • आइतवार, चैत्र २५, २०८०
लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए सपथ

बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सपथ ग्रहण गरेका छन्। नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका महरासहित तीन जना सांसदले विना विभागीय मन्त्रीको रुपमा आइतबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन्।

प्रदेशसभामा अर्घाखाँची १(१) बाट निर्वाचित सांसद् एमालेका चेतनारायण आचार्य, रोल्पा १(२) बाट निर्वाचित माओवादी केन्द्रका दिपेन्द्रकुमार पुन र बाँके २(१) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का भण्डारी लाल अहिरले सपथ लिएका हुन्। जसपाका अहिर यसअघि कृषि मन्त्री र एमालेका आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए। आचार्य अहिले अर्थ वा भौतिक पूर्वाधार विकास मन्त्री बन्ने चर्चा छ।

कांग्रेसका डिल्लीबहादुर चौधरीले बहुमत आउने नदेखिएपछि राजीनामा दिएका थिए। नयाँ सत्ता समिकरणबाट मुख्यमन्त्री बनेका माओवादी केन्द्रका महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद्ले साथ दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार