मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

  • बिहिबार, चैत्र २२, २०८०
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

रुपन्देही —लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।

११ महिनाअघि वैशाख १४ गते मुख्यमन्त्री बनेका चौधरीले अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा राजीनामा दिएका जनाए ।

नेपाली कांग्रेस संसदीय दलका नेता रहेका चौधरी ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।

उनले आफू प्रजातन्त्रवादी रहेकाले सरकारमा आउनु र जानू स्वभाविक भएको बताउँदै प्रतिपक्षमा रहेर रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

चर्चामा

सम्बन्धित समाचार