• होमपेज
  • समाचार
  • न्यायाधीश गिरीकी पत्नीले सर्वोच्चको इजलासमै शंकास्पद वस्तु खाइन्, वीर अस्पताल लगियो

न्यायाधीश गिरीकी पत्नीले सर्वोच्चको इजलासमै शंकास्पद वस्तु खाइन्, वीर अस्पताल लगियो

  • बुधबार, चैत्र २१, २०८०
न्यायाधीश गिरीकी पत्नीले सर्वोच्चको इजलासमै शंकास्पद वस्तु खाइन्, वीर अस्पताल लगियो

काठमाडौं— न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्च अदालतको इजलासमा शंकास्पद वस्तु खाएपछि वीर अस्पताल पठाइएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेका बेला आरतीले गुट्खाको प्याकेटमा ल्याएको शंकास्पद वस्तु खाएकी थिइन् । त्यसपछि उनलाई वीर अस्पताल पठाइएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे बताए ।

‘इजलासमै शंकास्पद वस्तु पिएको पाइएपछि उनलाई अहिले वीर अस्पताल पठाएका छौं । के पिएको हो भन्न अहिले खुलिसकेको छैन’ घिमिरेले भने ।

आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए ।

काठमाडौंको सामाखुसीमा पनि आफूमाथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतले पनि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आरती उच्च हुँदै सर्वोच्च पुगेकी थिइन् । सोही मुद्दाको सुनुवाइ हुने क्रममा इजलासमै उनले शंकास्पद वस्तु सेवन गरेको पाइएको हो । अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार