मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

  • बुधबार, चैत्र २१, २०८०
कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

वीरेन्द्रनगर — कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आहृवान गरिएको थियो । सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति सत्ता गठबन्धनमा छ । केन्द्रमा भएको सहमति माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका शर्मालगायतले कार्यान्वयन गर्न मानेका थिएनन् । लामो छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन् । मुख्यमन्त्री शर्मा २०७९ पुस २७ गते बुधबार कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार