सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश ३
  • तीन दलबिचको छलफल सकियो, एमालेका मन्त्रीहरूको शपथ ५ बजे

तीन दलबिचको छलफल सकियो, एमालेका मन्त्रीहरूको शपथ ५ बजे

  • मङ्लबार, चैत्र २०, २०८०
तीन दलबिचको छलफल सकियो, एमालेका मन्त्रीहरूको शपथ ५ बजे

बागमती प्रदेशमा मन्त्रालय भागबण्डाबारे सहमति जुटाउन बसेको सत्ता साझेदार प्रमुख तीन दलका नेताहरूको बैठक सकिएको छ । बैठकमा एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री बन्ने सहमति गर्दै मन्त्रालय पनि टुंग्याइएको छ ।
जसअनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।

तर, एमालेबाट मंगलबार थपिने ४ सहित ५ जना मन्त्री बन्दा बागमतीमा १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएको छ । हाल मन्त्रिपरिषद् १२ जनाको मात्रै भएकाले अब एक जनालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे भने सहमति जुटिसकेको छ । बैठकमा एकीकृत समाजवादीलाई दुई मन्त्रालयमा चित्त बुझाउन आग्रह गरिएपनि नमानेको एक नेताले बताए ।

अहिलेलाई एमालेबाट चारै जनालाई मन्त्रालयसहित तोकेर शपथ गराउने र आगामी दिनमा छलफल गरेर एकीकृत समाजवादीका विनाविभागीय मन्त्री रमा आलेको मन्त्रालयबारे टुंगो लगाउने बताइएको छ।

मन्त्रीहरूको शपथ ५ बजेका लागि सारिएको छ । यसअघि तीन बजे शपथ हुने भनिएपनि भागबण्डाको विषयले पर धकेलिएको हो।

चर्चामा

सम्बन्धित समाचार