बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हाम्रै सन्तान् मर्छन् देशमा र विदेशमा

हाम्रै सन्तान् मर्छन् देशमा र विदेशमा

  • मङ्लबार, चैत्र २०, २०८०
हाम्रै सन्तान् मर्छन् देशमा र विदेशमा

पहिले नपाएर औषधी उपचार मरे,
जनताहरू कसैको नपाई उद्धार मरे।

आज अस्पत्ताल छन् र डाक्टर छन,
तर जनता नपाएर राम्रो व्यबहार मरे।

औषधी नक्ली डाक्टर नक्ली हुन्छन्,
जवाफदेही देशमा नभई सरकार मरे।

अस्पत्ताल पनि बद्शाला जस्तै देख्छु,
दिनौँ निर्दोश मान्छेहरू लगातार मरे।

हाम्रै सन्तान् मर्छन् देशमा र विदेशमा,
खानकै लागि बनेर कर्मि चौकिदार मरे।

देशभित्र उस्तै छ विदेशमै पनि उस्तै छ,
नपाएर देशमा जिउँने राम्रो आधार मरे।

चर्चामा

सम्बन्धित समाचार