मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश ३
  • मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

  • सोमवार, चैत्र १९, २०८०
मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सरकार जोगाउनका लागि ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेले माओवादीबाहेक, एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको मत प्राप्त गरे ।

पुरानो सत्ता साझेदार कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिएका हुन् । गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था पुगेका थिए ।

११० सदस्यीय वाग्मती प्रदेशसभामा सरकारका लागि बहमुत पुर्‍याउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हानेपाको समर्थन सरकारलाई आवश्यक परेको हो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

वाग्मतीमा मुख्यमन्त्री जम्कट्टेलले बहुमत जुटाउन हाम्रो नेपाल पार्टीका शैलेन्द्र बज्राचार्यलाई मन्त्री बनाएका छन् । त्यस्तै दोस्रो चरणमा एकीकृत समाजवादी पार्टीलाई समेत मुख्यमन्त्री दिने सहमति भएको छ ।

चर्चामा

सम्बन्धित समाचार