मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको बुढिनन्दामा खाद्य तथा पोषण सुरक्षा योजना बनाउदै

बाजुराको बुढिनन्दामा खाद्य तथा पोषण सुरक्षा योजना बनाउदै

  • सोमवार, चैत्र १९, २०८०
बाजुराको बुढिनन्दामा खाद्य तथा पोषण सुरक्षा योजना बनाउदै

बाजुरा– बाजुराको बुढिनन्दा नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना बनाउने लागेको छ । फियान नेपाल र बुढिनन्दा नगरपालिकाको संयुक्तमा खाद्य तथा पोषण सुरक्षा योजना बनाउन शुरु गरेको बुढिनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहोराले वताएका छन् ।
पालिकामा रहेका नागरिकको खाद्य सुरक्षाको ग्यारेन्टि सँगै पोषणमा सुधार ल्याउनका लागि ५ बर्षिय खाद्य तथा पोषण सुरक्षा योजना बनाउन लागेको हो । पालिकामा सबै वडा र बस्तिमा पुगेर समुदाय स्तरमा छलफल गरेर योजना बनाउन लागेको फियान नेपालका प्रबन्धक बिनोद प्रसाद पाण्डेले वताएका छन् ।
नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा उल्लेख गरेको छ । नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताको लागि विभिन्न राष्ट्रिय नीति तथा कार्यक्रमहरु तर्जुमा गरेको छ । विभिन्न अन्तराष्ट्रिय सम्झौता तथा सहमतिहरुको पक्ष राष्ट्रको रुपमा कार्य गरिरहेका भएतापनि जनस्तरमा प्रभाबकारी हुन सकेको छैन् । जनस्तरमा पुगेर कुन ठाउँमा के आबश्यकता हो, त्यहि अनुसार योजना बनाउनका लागि पालिका स्तरमा खाद्य तथा पोषण सुरक्षा योजना बनाएर अघि बढने स्थानिय प्रदिपराज जैशीले वताएका छन् ।
पालिकाका प्रत्येक नागरिकको खाद्य सुरक्षा ग्रान्टिका लागि खाद्य तथा सुरक्षा योजना बनाउन शुरु भएको नगरपालिकाले वताएको छ । उष्ण हावापानी हुने भएकोले यस क्षेत्रमा अन्न बालीमा धान, गहुँ, मकै, कोदो, तेलहन त्यसैगरी दाल बालीमा मुसुरो अरहर, सिमी फलफुलमा केरा, मेवा, स्याउ र ओखर उत्पादन हुने गरेको छ । यसलाइ अझै उत्पादनमा टेवा सँगै कृषिमा आत्मानिर्भर बनाउनमा यो योजनाले सघाउ पुगाउने भएको छ ।
नगरपालिकामा कृषि तथा पशुपालनको क्षेत्रमा करिब ९० प्रतिशत मानिसहरु संलग्न रहेका छन । कृषि र पुशपालनमा धेरै बासिन्दा निर्भर रहेपनि कुन क्षेत्रमा के उत्पादन हुन्छ तथा कुन क्षेत्रमा केको पकेट क्षेत्र रहेको छ । त्यसका लागि पालिका तथा सरकारले के के गरे उत्पादनमा सघाउ हुने छ, भन्ने यो योजनामा उल्लेख हुने फियान नेपालका पाण्डेले वताएका छन् । पालिकामा गरिब तथा न्युन वर्गमा कुपोषणको दर बढीरहेको छ । दलित, हलिया, खलिया तथा जनजाति समुदायमा कुपोषणको दर अरु समुदाय भन्दा बढी रहेको छ । यो न्युनिकरणमा पनि खाद्य तथा पोषण सुरक्षा योजनाले सघाउ पुग्ने नागरिक समाजका अगुवा राजेन्द्र रोकायाले वताएका छन् । यो योजना समुदाय स्तरका लागि बन्नेमा विश्वास रहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार