शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • क्रिकेट
  • कोहली चम्किँदा बैंगलुरु विजयी

कोहली चम्किँदा बैंगलुरु विजयी

  • मङ्लबार, चैत्र १३, २०८०
कोहली चम्किँदा बैंगलुरु विजयी

बैंगलुरु– विराट कोहलीको शानदार इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । सोमबार राति भएको खेलमा बैंगलुरु ४ विकेटले विजयी बनेको हो ।

कोहलीको ७७ रनको मद्दतले टोलीले पञ्जाब किंग्सले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य ४ बल बाँकी छँदा पछ्यायो । ४९ बलको इनिङ्समा कोहलीले ११ चौका र २ छक्का हिर्काए । दिनेश कार्तिकले नटआउट रहँदै २८ रन तथा महिपाल लोमरोरले नटआउट रहेर १७ रन बनाउन टोलीलाई लक्ष्यसम्म पुर्‍याए ।

बैंगलुरुका लागि रजत पटिदारले १८ तथा अनुज रावतले ११ रनको योगदान दिए । यता पञ्जाबका लागि कागिसो राबाडा र हरप्रित ब्रारले २–२ विकेट हात पारे भने साम करन र हर्षल पटेलले १–१ विकेट लिए ।

Nabil bank
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ४५ रन बनाए । उनले ५ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, जितेश शर्माले २७ रन, प्रभसिमरन सिंहले २५ तथा साम करनले २३ रनको योगदान दिए । शशांक सिंहले नटआउट रहँदै २१ रन बनाए । बैंगलुरुका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।

२ खेलपछि पञ्जाब र बैंगलुरुले १–१ जीत हासिल गरेका छन् । अंक तालिकामा पञ्जाब पाँचौँ र बैंग्लुरु छैटौँ स्थानमा छन् ।

चर्चामा

सम्बन्धित समाचार