मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

  • सोमवार, चैत्र १२, २०८०
दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

काठमाडौँ —दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । यसअघि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्रीमा नियुक्त गरिएको हो । उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।राज्यमन्त्रीमा कार्की नियुक्त भएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार