शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

बझाङमा दमनबहादुर भण्डारी

  • सोमवार, चैत्र १२, २०८०
एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं — नेकपा एमालेले इलाम-२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बिहान बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले सुहाङलाई पार्टीको तर्फबाट उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमाले नेता सुवास चन्द्र नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। सुहाङ सुवास नेम्वाङका छोरा हुन्।

यसैगरी बैठकले बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि बझाङ प्रदेश सभा (क) मा उपनिर्वाचन हुन लागेको हो।

एमालेका उम्मेद्वारलाई बिजयी गराउन सम्पूर्ण पार्टीपक्ति लाग्ने र अन्य दलहरूलाई पनि उम्मेदवारको पक्षमा समर्थनका लागि अपिल गर्ने निर्णय बैठकले गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार