काठमाडौं– नेकपा एमाले ऐन महरलाई फेरि केन्द्रीय सदस्यमा मनोनित गरेको छ। आइतबार बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले महरलाई पुन: केन्द्रीय सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
उपमहासचिव प्रदीप ज्ञवालीले महरले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएपछि केन्द्रीय सदस्यमा मनोनित गरेको जानकारी दिए।
यसअघि ‘यौनसम्बन्धी विवाद’को अडियो सार्वजनिक भएपछि सचिवालय बैठकले उनलाई बर्खास्त गरेको थियो।