शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बाजुरा अस्पतालमा सञ्चालित अपाङ्गता पहिचान शिविरबाट ८७ जना लाभान्वित

बाजुरा अस्पतालमा सञ्चालित अपाङ्गता पहिचान शिविरबाट ८७ जना लाभान्वित

  • शनिबार, चैत्र १०, २०८०
बाजुरा अस्पतालमा सञ्चालित अपाङ्गता पहिचान शिविरबाट ८७ जना लाभान्वित

बाजुरा —जिल्ला अस्पताल बाजुरामा सञ्चालन भएको अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य शारीरिक पहिचान पुर्नस्थापना तथा घुम्ति शिविरमा ८७ जनाले सेवा लिएका छन् । शुक्रवार जिल्ला अस्पताल बाजुरामा स्वास्थ्य निर्देशनालय डोटी, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाको आयोजनामा सो शिविर सम्पन्न भएको छ ।

एक दिने शिविरमा ८७ जनाको परिक्षण गरिएको र २२ जनाको शल्यक्रिया गरिएको हाड जोर्नी तथा नसा रोग सम्बन्धी विशेषज्ञ डाक्टर सौगात केशीले बताएका छन् । पहिचान शिविरमा जन्मजात वा पछि पैतला भित्र बाहिर फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, हाड जोर्नी दुख्ने, खुट्टा लुलो वा कमजोर भएको, भाचिएको बाँगो भएको वा हड्डी नजोडिएको शारिरिक अपाङ्गगहरुको विशेषज्ञ चिकित्सकद्धारा पहिचान गरेर उपचार गरिएको छ । त्यस्तै ढाड बाङ्गो वा कुप्रो भएको, औलाहरु एक आपसमा टाँसिएको र बढी भएको र कृत्रिम अंग र अर्थौपिडिहरुको आवश्यकता जस्ता समस्याहरुको शिविरमा उपचार गरिएको डाक्टर केशीले बताए ।

शिविरमा दक्ष चिकित्सकद्धारा चेकजाँच पछि आवश्यकताका आधारमा थेरापी, अपाङ्गता सामग्रही वा अप्रेशन गर्नुपर्ने जस्ता समस्या भएकाहरुको मध्य केहिको शिविरमै उपचार गरिएको र थप उपचारका अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपामा लगेर उपचार गरिने जनाएको छ ।  हिजो जिल्ला अस्पताल बाजुरामा सञ्चालन भएको सो शिविर आज बुढिनन्दा नगरपालिकाको कोल्टीमा सञ्चालन भएको आयोजकले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार