शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • रुसमा आतंकवादी आक्रमण : कम्तीमा ६० जनाको मृत्यु

रुसमा आतंकवादी आक्रमण : कम्तीमा ६० जनाको मृत्यु

  • शनिबार, चैत्र १०, २०८०
रुसमा आतंकवादी आक्रमण : कम्तीमा ६० जनाको मृत्यु

मस्को– रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । यहाँ कन्सर्ट हुन लागेको थियो । बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाउन थालेका थिए ।

भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेका थिए । आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार कम्तीमा तीन आक्रमणकारी हलमा प्रवेश गरेका थिए।

इराक र सिरयामा सक्रिय रहेको आईएसआईएल समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत घटनाको जिम्मेवारी लिएको अल जजिराले जनाएको छ ।

एक प्रत्यक्षदर्शी भिटालीले भने, ‘आफ्नै आँखाले आतंकवादीहरूले मानिसहरूलाई गोली हानेको मैले देखेँ। उनीहरूले जताततै पेट्रोल बम प्रहार गरेपछि आगलागी भएको थियो । हामी निकासको ढोकामा पुग्यौं तर त्यो बन्द थियो त्यसैले हामी बेसमेन्टमा गयौँ।’

चर्चामा

सम्बन्धित समाचार