शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बाजुरा अस्पतालमा अपाङ्गता पहिचान शिविर संचालन

बाजुरा अस्पतालमा अपाङ्गता पहिचान शिविर संचालन

  • शुक्रबार, चैत्र ९, २०८०
बाजुरा अस्पतालमा अपाङ्गता पहिचान शिविर संचालन

बाजुरा —जिल्ला अस्पताल बाजुरामा अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य शारीरिक पहिचान पुनःस्थापना तथा घुम्ति शिविर संचालन गरिएको छ । शिविर २ दिन सम्म जिल्ला अस्पताल बाजुरामा संचालन गरिने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

पहिचान शिविरमा जन्मजात वा पछि पैतला भित्र वाहिर फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको,भाचिएको बाँगो भएको वा हड्डी नजोडिएको शारिरिक अपाङ्गगहरुको विशेषज्ञ चिकित्सकद्धारा पहिचान गरिने भएको छ । त्यस्तै ढाड बाङ्गो वा कुप्रो भएको, औलाहरु एक आपसमा टाँसिएको र बढी भएको र कृतिम अंग र अर्थो पिडिहरुको आवश्यकता जस्ता समस्याहरुको शिविरमा पहिचान गरिने डाक्टर सौगात केशीले बताएका छन् ।

चैत्र ९ र १० गते संचालन हुने शिविर बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले उद्घाटन गरेको हुन । शिविरको उद्घाटन गर्दै नगर प्रमुख खड्काले बाजुरा जस्तो भौगोलिक विकटताका कारण कामको विभिन्न भिरपाखा खानपानका हिसावले कमी र दक्ष चिकित्सकको सुवाभबाट बन्चित नागरिहरुको पहिचानको लागि पहिचान शिविर संचालन गरेको प्रति धन्यवाद ज्ञापन गरेका छन् ।

दुई दिनसम्म संचालन हुने पहिचान शिविरमा दक्ष चिकित्सकद्धारा चेकजाँच पछि आवश्यकताका आधारमा थेरापी, अपाङ्गता सामग्रही वा अप्रेशन गर्नु पर्ने जस्ता समस्याको पहिचान गरिने बताईएको छ । शिविरमा उपलब्ध सेवाले समाधन हुने विरामीहरुको शिविरमै उपचार हुने र थाप गर्नु उपचार गर्नु पर्ने विरामीलाई अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपामा लगेर उपचार गरिने आयोजकले बताएको छ ।

स्वास्थ्य निर्देशनालय डोटी, सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेश सरकार अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाको आयोजनामा संचालन भएको शिविरको समन्वय जिल्ला स्वास्थ्य कार्यालय बाजुरा जिल्ला अस्पताल बाजुरा र बडिमालिका नगरपालिकाको रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार