शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • शिक्षा
  • जनप्रकाश माविको अलपत्र भवन निमार्णका लागि ३ करोड बढीको ठेक्का

जनप्रकाश माविको अलपत्र भवन निमार्णका लागि ३ करोड बढीको ठेक्का

  • मङ्लबार, चैत्र ६, २०८०
जनप्रकाश माविको अलपत्र भवन निमार्णका लागि ३ करोड बढीको ठेक्का

बाजुरा —बाजुराको बुढीनन्दा नगरपालिका २ स्थित कोल्टीमा रहेको जनप्रकाश माविको अलपत्र भवन पुनःनिर्माणका लागि ठेक्का भएको छ । भारतीय राजदुतावासको सहयोगमा निर्माणाधिन भवनको आवस्यक प्रक्रिया अगाडी बढाएर निर्माण गरिने भएको हो ।

अलपत्र भवन निर्माणका लागि पालिकाले भारतीय राजदुतावासको सहकार्यमा ३ करोड २८ लाखमा नयाँ ठेक्का खोलेको प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले बताए । भारतीय राजदुतावासको १ करोड ९७ लाख र पालिकाको १ करोड ३१ लाख रहेको छ । टेण्डर भएरपनि एक दुइ दिनमा मुल्याकंन भएर ठेक्का सम्झौता हुने शाहले बताएका छन् ।

अलपत्र अवस्थामा रहेको उक्त विद्यालयको भवन पुनः निर्माणका लागि बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले काठमाण्डौंमा रहेको भारतीय दूतावाससंग अनुरोध गरेका थिए । पालिकाको अनुरोध पछि सो भवनको पुनः निर्माण गरिने भएको प्रमुख प्रशासकिय अधिकृत शाहले बताए । दुतावासले स्थलगत अनुगमन गरि नयाँ प्रक्रियाबाट भवन निर्माणको कार्य अगाडी बढाउन पालिकालाइ भनेको थियो । भारतिय दुतावासमा सँग पुन सहकार्यपछि टेण्डर प्रक्रिया अगाडी बढाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाहले बताए

भारतिय दुतावासको सहयोगमा ८ वर्ष अगाडि ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुपैयाको लागतमा बन्ने भवन अलपत्र रहेको छ । भारतीय दूतावासको सहयोगमा जनप्रकाश माविको १५ कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको थियो । भारतीय दुतावासले ८ बर्ष अगाडी अनलाइन सिस्टमबाट उक्त भवन निर्माणका लागि “ग्याल्वो निर्माण सेवासंग सम्झौता गरेको थियो । तर निर्माण कार्यको आठ सात बर्ष बितिसक्दा पनि भवनको २० प्रतिशत मात्रै काम हुन सकेको थिएन् । काम नभएपछि लामो समय देखी भवन अलपत्र रहेको थियो ।

भवन निर्माण कम्पनीले १ करोड ६९ लाख १२ हजार १ सय ४१ रुपैया भुक्तानी लिएर अलपत्र रहेको सो भवन अब बनाउने तयारी रहेको नगरप्रमुख जनक कुमार बोहराले बताए । यस अघि निर्माण कार्य अलपत्र पारेको ठेकेदारले ४९ लाख रुपिया बढि भुक्तानी लिएकोले सो रकम जिम्मा नगरपालिकालाई आएको नगर प्रमुख बोहराले बताए ।

२०७२ चैत्र २८ गते सम्झौता भएको थियो सम्झौता मितिको १५ महिनामा सक्नुर्ने सम्झौता भएको भएपनि हालसम्म २० प्रतिशत काम भएको प्राबिधीकहरुले बताएका छन । सम्झौता भएको मितिले ०७४ को भदौमा काम गरीसक्नु पर्ने भए पनी हाल सम्म कुनै पनी काम नगरी अलपत्र परेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ । भारतिय दुताबास संग सम्झौता भएको ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुपैँया रकम रहेको र काम २० प्रतिशतसम्म पनि हुन नसकेको समन्वय समिति बाजुराको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

भारतिय दुताबासले २ छात्राबास भवन र १ बिद्यालय भवनका लागी सहयोग गरेको थियो । सो भवन निर्माणका गर्ने ठकेदारले नाममा हाल सम्म १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैँया ९ पैशा खर्च भएको देखीएको छ । म्याद थपका लागी निर्माण सेवा कम्पनीलाइ बिद्यालय ब्यवस्थापन समितिले पटक पटक पत्रचार गरिएको भएपनी अहिले सम्म कुनी प्रतिक्रृया नआएको बिद्यालयका प्रधानाध्यापक अनोजराज गिरीले बताए ।

आर्थिक बर्ष २०७५÷०७६ को महा लेखा परिक्षणको प्रतिवेदनअनुसार १ करोड ८३ लाख ६० हजार ४ सय ३८ रुपैँया निकाशा गरिएको उल्लेख छ । महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख भए अनुसार १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैँया ९ पैशा खर्च भएको देखीएको छ । पेश्की ४८ लाख ९३ हजार २ सय ६ रुपैँया पेश्की रहेको रिर्पोटमा उल्लेख गरिएको छ भने बैकं मौज्जाद १४ लाख ४८ हजार २ सय ९६ हजार रुपैँया रहेको मलेप रिर्पोटमा उल्लेख गरिएको पाईएको छ ।
तत्कालिन जिल्ला विकास समितिका स्थानिय बिकाश अधिकारी अर्जुनप्रसाद सुबेदी, भारतिय दुताबासका सहसचिव गम्भिर सिहं र जनप्रकाश उच्च माध्यामिक बिद्यालयका प्रअ अनोजराज गिरी बिच सन २०१५ नोभेम्बर ६ तारिखमा तिन पक्षिय सम्झौता भएको थियो । हाल सम्म बनेको काम पनि पुनः गर्नुपर्ने भवन निमार्नणका प्राबिधिकहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार