• होमपेज
  • समाचार
  • विमानस्थल भन्सारका तत्कालीन प्रमुखसहित ३ जनालाई कारबाही गर्न सिफारिस

विमानस्थल भन्सारका तत्कालीन प्रमुखसहित ३ जनालाई कारबाही गर्न सिफारिस

  • शुक्रबार, चैत्र २, २०८०
विमानस्थल भन्सारका तत्कालीन प्रमुखसहित ३ जनालाई कारबाही गर्न सिफारिस

काठमाडौँ— सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक सहित ३ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । ६० किलो सुन र भेप प्रकरणबारे जाँचबुझ गर्न गठित आयोगले उनीहरूलाई कारबाही गर्न सिफारिस गरेको हो ।

डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन भन्सार प्रशासक अरुण पौडेल, उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई कारबाही गर्न भनेको छ ।

उपसचिव श्रीधर टण्डन हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत पदमा कार्यरत छन् । मुक्ति श्रेष्ठ भन्सार विभागको निर्देशक हुन् । दुबईबाट भेपमा लुकाएर तस्करी गरिएको सुनको अनुसन्धानमा उनीहरूको त्रुटि देखिएको आयोगको ठहर छ ।

चर्चामा

सम्बन्धित समाचार