• होमपेज
  • अन्तर्राष्ट्रिय
  • रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु

  • शुक्रबार, चैत्र २, २०८०
रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता गराउन कूटनीतिक प्रयास जारी राखेको छ । यस्तै रुसी सेनामा ज्यान गुमाएका परिवारलाई रुसी सरकारबाट क्षतिपुर्ती उपलब्ध गराउन, घाइतेको उपचार गर्न र त्यहाँ कार्यरत नेपालीहरूलाई फिर्ता पठाउन रुसी सरकारलाई पुन अनुरोध गरिएको समेत परराष्ट्रले बताएको छ ।

अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा नेपाल सरकारले पहल गरे पनि रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम अझै रोकिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार