मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • शिक्षा
  • बाजुराका प्रारम्भिक तहमा नेपाली बिषय अध्यापन गराउने शिक्षकहरु सम्मानीत

बाजुराका प्रारम्भिक तहमा नेपाली बिषय अध्यापन गराउने शिक्षकहरु सम्मानीत

  • बिहिबार, चैत्र १, २०८०
बाजुराका प्रारम्भिक तहमा नेपाली बिषय अध्यापन गराउने शिक्षकहरु सम्मानीत

बाजुरा‍‍– पालिका स्तरिय बैठकमा प्रारम्भिक तहका शिक्षकहरुलाई सम्मान गरिएको छ सेतो गुरास बाल बिकास सेवाद्धारा संचालित प्रारम्भिक तह पढाइ कार्यक्रम अन्तरगत शिक्षकहरु सम्मानित भएका हुन् । बाजुराका बिभिन्न स्कुलमा अध्यापनरत प्रारम्भिक तहका नेपाली बिषयक शिक्षकहरु सम्मानित भएका हुन ।

जसमा अम्लिस माध्यामिक बिध्यालय गौमुलका शिक्षक रन्जना रोकाया, महादेव अधारभुत बिद्यालय जगन्नाथ गाउपालिकाका शिक्षक गाबिना कुमारी शाही चन्द, भैरब माध्यामिक बिध्यालय स्वामिकार्तिक गाउपालिकाका शिक्षक चक्रा कुमारी उपाध्याय, बाधु माध्यामिक बिध्यालय बुढिनन्दा नगरपालिकाका शिक्षक नर्मा धामी बिष्ट र त्रिभुवनेश्वरी माध्यामिक बिध्यालय त्रिबेणी नगरपालिकाका शिक्षक सिता कुमारी न्यौपाने रहेका छन ।

शिक्षकहरुलाई गरेको सम्मानले शिक्षकहरुलाई बालबालिकाको सिकाई लाई थप बृद्धि गर्नमा योगदान पुर्याउने त्रिबेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले बताएका छन । अब पालिकाबाट समेत शिक्षकलाई सम्मानित गर्ने योजना रहेको जानकारी नगर प्रमुख थापाले बताए ।

प्रारम्भिक तहमा उत्कृष्ट योगदान गरेको आधारमा यो सम्मान प्रदान गरिएको र यसले शिक्षकलाई शिक्षण सिकाईमा थप हौसला प्रदान गर्ने गौमुल गाउपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन ।

बिश्व खााद्य कार्यक्रमको आर्थिक सहयोगमा विश्व शिक्षाको प्राविधिक सहयोग तथा सेतो गुरास बालबिकास सेवा बाजुरा द्धारा संचालित प्रारम्भिक तह पढाई कार्यक्रमको प्रभाबकारी कार्यावनयन गरेपछि यो सम्मान गरिएको बिश्व शिक्षा कार्यक्रमका कार्यक्रम अधिकृत निराजन चौधरीले बताए ।

बिद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत प्रारम्भिक तह पढाइ कार्यक्रम बाजुरा जिल्लाका ६ वटा पालिकामा संचालन रहेको छ र बुढिगंगा नगरपालिकाको शिक्षक लाइ समेत सम्मान गर्ने योजना रहेको कार्यक्रम अधिकृत चौधरीले बताएका छन । प्रारम्भिक तह पढाइ कार्यक्रम कक्षा १ देखि कक्षा ३ सम्म संचालनमा रहेको कार्यक्रम अधिकृत चौधरीको भनाई रहेको छ ।

बालबालिकालई बालमैत्रीपुणर् शिक्षण सिकाईमा उत्कृष्ठ अध्यान अध्यापन गराएवाफत उनिहरुलाई सम्मान गरेको गरेको, शैक्षिक समाग्रीको उचित प्रयोग गरेको सेतो गुरास बाल बिकास सेवा बाजुराका कार्यकारी निर्देशक देवु खातीले बताएकी छन । पढाइमा कमजोर बालबालिकाहरुको सिकाइ स्तर अनुसार शिक्षण गरी बालबालिकाको शिक्षण शिकाई बृद्धिका योगदान पुर्याएवाफत सम्मान प्रदान गरिएको सेतो गुरास बाल बिकास सेवा बाजुराका कार्यकारी निर्देशक खातीले बताइन् ।

बिश्व शिक्षा संगको सहकार्यमा सेतो गुरास बालबिकास सेवा बाजुराले बिगत लामो समयदेखी बाजुराको प्रारम्भीक शिक्षाको बिकाशमा काम गर्दै आएको छ । सेतो गुरास बालबिकास सेवा बाजुराले प्रारम्भीक कक्षा शिक्षण संगै बालमैत्री कार्यक्रम तथा बालबालिको सिकाई, र शैक्षिक साम्रगी सहयोग जस्ता कार्य गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार