कुनै जमानामा सतिप्रथाको याहाँ बास थियो,
प्रत्यक्ष बेडी महिँलामा अन्यायको रास थियो।
थिएन मतदानको अधिकार पुरूषको समान,
पसुतुल्य जिवन महिँला नर्तकी र दाश थियो।
लामू समय सम्म हक अधिकारको लडाईमा,
होमिए हजारौँ न्याँयप्रेमी शङ्घर्ष खास थियो।
तोड्दै सामाजिक बन्धन दिए त्याग बलिदान,
एकमात्र उदेश्य सामाजिक सत्रुकै नाश थियो।
त्यत्तिकै मिलेको अधिकार होइन महिँलालाई,
एउटा जज्बा थियो र लडाकुमा सहास थियो।
अँझै पनि बाँकीछ छोरा छोरी बराबर हुनलाई,
आज पनि नियाल्दा समाजभित्र तमास थियो।
साररिक मानसिक यातना उस्तै छ दाँसता नी,
हत्या हिंशा बलात्कार र जताततै लाश थियो।