शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने

दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने

  • बुधबार, फाल्गुन २३, २०८०
दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने

नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ।

केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले  जानकारी दिए।

उनकाअनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने भएका छौं,’ ती नेताले भने।

चर्चामा

सम्बन्धित समाचार