शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • माधव नेपालसँगको छलफल सकारात्मक भयो : ओली

माधव नेपालसँगको छलफल सकारात्मक भयो : ओली

  • बुधबार, फाल्गुन २३, २०८०
माधव नेपालसँगको छलफल सकारात्मक भयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको वार्ता सकारात्म भएको बताएका छन् । उनले नयाँ सत्ता गठबन्धनमा नेकपा एस पनि सहभागी हुन सकारात्मक वातावरण निमार्ण भएको बताए । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका अध्यक्ष ओली, माधव नेपाललाई भेट्न उनकै निवास काेटेश्वर पुगेका थिए । भेटमा एमाले महासचिव शंकर पाेखरेल लगायतका नेताहरुको पनि सहभागीता थियो ।

करिब दुई घण्टा लामो छलफल पछि बाहिर निस्कीएका ओलीले नयाँ गठबन्धनप्रति माधव नेपाल सकारात्मक भएको बताए । माधव नेपाललाई सत्ता गठबन्धनमा ल्याउने विषयमा के कुराकानी भयो ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘एफर्मेटिभ।’ उनले नेपालको स्वास्थ्य अवस्था बुझ्न आफू आएको र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पनि सामान्य छलफल भएको बताए । यस्तै एमाले महासचिव शंकर पोखरेलले गठबन्धनमा अन्य दलहरुलाई सहभागी गराउने प्रयास भइरहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार