शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

  • मङ्लबार, फाल्गुन २२, २०८०
एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं — नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् ।

संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन् ।

प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो। सचेतक बनेकी बराल समानुपातिक सांसद हुन्।

बर्तौला मकवानपुर-२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन्।

प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् । नविना लामा अध्यक्ष भएको बेला दुवैजना अनेरास्ववियुको उपाध्यक्ष थिए । ऐन महर अध्यक्ष हुँदा पनि दुवैजना उपाध्यक्ष रहेकामा महरपछि बराल अध्यक्ष भइन् भने बर्तौला विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति गर्न मकवानपुर गएका थिए ।

उनले पहिलो प्रयासमै नेकपा एसका हेबिवेट नेता तथा आफ्नै राजनीतिक गुरु विरोध खतिवडालाई गठबन्धनको उम्मेदवार बनेका बेला एमालेको एकल उम्मेदवार बनेर पराजित गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार