• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ६५ हजार बढि मेट्रिकटन खाद्यबाली उत्पादन

बाजुरामा ६५ हजार बढि मेट्रिकटन खाद्यबाली उत्पादन

  • मङ्लबार, फाल्गुन २२, २०८०
बाजुरामा ६५ हजार बढि मेट्रिकटन खाद्यबाली उत्पादन

धनगढी–  बाजुरामा ६५ हजार ७ सय मेट्रिकटन खाद्य तथा अन्यबाली उत्पादन भएको छ । सुदूरपश्चिम प्रदेशभित्र १८ लाख मेट्रिकटनभन्दा बढी खाद्यन्नबाली उत्पादन भएको छ। गत वर्ष प्रदेशका नौवटै जिल्लामा गरी १८ लाख ९ हजार एक सय ७० मेट्रिकटन खाद्य तथा अन्य बाली उत्पादन भएको हो। खाद्यबाली उत्पादनमा कञ्चनपुर जिल्ला सबैभन्दा अग्रस्थानमा छ। कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार कञ्चनपुरमा ६ लाख ९१ हजार पाँच सय ९८ मेट्रिकटन खाद्यबाली तथा अन्य बाली उत्पादन भएको छ।

जिल्लागत आधारमा बाजुरा, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर जिल्लामा खाद्य तथा अन्य बालीको उत्पादनमा वृद्धि भएको छ भने बैतडी, डडेलधुरा र अछाममा उत्पादनमा ह्रास आएको छ। यस्ता बालीको उत्पादन सबैभन्दा बढी बझाङ जिल्लामा ५१ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ भने बैतडी जिल्लामा १० दशमलव ५ प्रतिशतले ह्रास आएको छ।

त्यस्तै कैलालीमा पाँच लाख ५१ हजार ६ सय ९८ मेट्रिकटन खाद्यन्न तथा अन्य बाली उत्पादन भएको प्राप्त तथ्यांकले देखाएको छ। दार्चुलामा भने सबैभन्दा कम ५१ हजार ६ सय ५३ मेट्रिकटन मात्र उत्पादन भएको छ। डडेल्धुरामा ८० हजार ६ सय २२, बझाङमा ९१ हजार ७ सय २८ उत्पादन भएकाे पाइएकाे छ  । डोटीमा एक लाख १७ हजार ९ सय ९२ तथा अछाममा ८५ हजार पाँच सय ५३ मेट्रिकटन खाद्य तथा अन्यबाली उत्पादन भएको छ। खाद्य तथा अन्य बालीको उत्पादनमा कञ्चनपुर जिल्लाको हिस्सा सबैभन्दा बढी ३८ दशमलव २३ प्रतिशत र दार्चुला जिल्लाको सबैभन्दा कम २ दशमलव ८६ प्रतिशत देखिएको छ।

खाद्य तथा अन्य बालीको उत्पादन १५ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ। प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी जौं र धानको उत्पादन क्रमशः ५८ दशमलव ३४ प्रतिशत र ४९ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा भने सबैभन्दा बढी १८ दशमलव ३४ प्रतिशतले ह्रास आएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार