बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’

उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’

  • सोमवार, फाल्गुन २१, २०८०
उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’

काठमाडौं–  विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’ र अनु चौधरीको स्वर, सागरकै संगीत, राजु कार्कीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको सबैभन्दा कम लागतमा निर्माण भएको गीतको भिडियो सार्वजनिक भएको हो ।

शुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा राजन अधिकारी र रश्मी श्रेष्ठलाई फिचरिङ गरिएको छ । विनोद लामाको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन छ ।

यो सम्भवतः विश्वको सस्तो म्युजिक भिडियो रहेको डा.उपाध्यायले जानकारी दिएका छन ।  डा.उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

चर्चामा

सम्बन्धित समाचार