शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • सम्भावित राजनीतिक समीकरणबारे निर्णय लिने अधिकार रवि लामिछानेलाई

सम्भावित राजनीतिक समीकरणबारे निर्णय लिने अधिकार रवि लामिछानेलाई

  • सोमवार, फाल्गुन २१, २०८०
सम्भावित राजनीतिक समीकरणबारे निर्णय लिने अधिकार रवि लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विकसित सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । आज बिहान बसेको पार्टीको बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको महामन्त्री मुकुल ढकालले बताए ।

‘राजनीतिमा विकसित घटनाक्रमको सम्भावना देखियो भन्ने सभापतिले ब्रिफिङ गर्नुभयो । हामीले त्यसबारे निर्णय लिने अधिकार सभापतिलाई नै दिएका छौं’, उनले भने । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउनेबारे पनि सहमति गर्नु पर्ने भएकाले सभापतिलाई त्यसको अधिकार दिएको ढकालले बताए ।

चर्चामा

सम्बन्धित समाचार