
मन्दिरा अधिकारी/भक्तपुर– चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लावान्वीत भएका छन् । भक्तपुर विकास सहयोग सङ्घको सहयोगमा थाकलमठ स्थित सरस्वती मा.बिमा आयोजना भएको खोपृङ निःशुल्क आँखा तथा दन्त शिविर २०८० बाट ७३२ जना लावान्वीत भएका हुन् ।
आँखा तथा दन्त सेवा अन्तर्गत आयोजित स्वास्थ्य शिविरबाट स्थानीय ७३२ जना लावान्वीत भएका हुन् । मातृका आई फाउन्डेसनको सहयोगमा डा।कृष्ण कुमार धनकोटीको टिमले आँखाको सेवा प्रदान गर्नुभएको आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष राजु मृगेन्द्र जोशीले बताए । आँखा शिविरमा ३५६ जनाले सेवा प्राप्त गरेकाे बताएका छन । जसमा १६ जनाको मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुको निःशुल्क अपरेसन समेत सङ्घले नै गरिदिने बताएका छन ।
यस्तै डाक्टर ग्रेस जोशीको नेतृत्वमा पाँच भन्दा बढी दन्त चिकित्सकले शिविरमा दन्त सेवा प्रदान गर्नुभएको थियो । दन्त शिविरबाट भने ३७६ जनाले सेवा प्राप्त गरेको जोशीले जानकारी दिएका छन । शिविरमा ८३ वर्षका ज्येष्ठ नागरिक देखि २ वर्षका साना बाबु नानीहरूले समेत सेवा लिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । यस्तै शिविरमा आँखाका समस्या भएका बिरामीहरूलाई निःशुल्क रूपमा औषधी तथा चस्माको समेत व्यवस्था संस्थाले नै गर्ने बताए ।
शिविरमा आफ्नो दाँतको ख्याल आफैले गरौँ भन्दै लक्ष्यजित मल्लले सेवा लिन आउने सम्पूर्णमा निःशुल्क रूपमा दन्त मन्जन र ब्रस वितरण गरिएकाे थियो । सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको उक्त शिविरमा स्काउट भक्तपुरका विद्यार्थीहरूले स्वयंसेवा प्रदान गरेका थिए ।
विद्यार्थी तथा समाजको सर्वागिंन विकासका लागि यो शिविरले कोसेढुंगाको काम गरेको सरस्वती मा।बिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिब पुरीले बताए । शिविरका कारण विद्यालय तथा विद्यालय आसपासका बासिन्दाले आँखा तथा दाँतको निःशुल्क सेवा प्राप्त गर्नुका साथै उहाँहरुको लुकेको रोग पत्ता लाग्दा समाज नै स्वस्थ हुन यो शिविरले ठुलो सहयोग गरेको बताएका छन ।


