सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • आठ बर्षदेखी अलपत्र जनप्रकाशको भवन निर्माणका लागि प्रक्रिया अघि बढ्याे

आठ बर्षदेखी अलपत्र जनप्रकाशको भवन निर्माणका लागि प्रक्रिया अघि बढ्याे

  • मङ्लबार, फाल्गुन १५, २०८०
आठ बर्षदेखी अलपत्र जनप्रकाशको भवन निर्माणका लागि प्रक्रिया अघि बढ्याे

बाजुरा– बाजुराकाे बुढीनन्दा नगरपालिका २ स्थित कोल्टीमा रहेको जनप्रकाश माविको अलपत्र भवन पुनःनिर्माण प्रक्रिया अगाडी बढाइएको छ । भारतीय राजदुतावासको सहयाेगमा निर्माणाधिन भवनकाे आवस्यक प्रक्रिया अगाडी बढाएर निर्माण गरिने भएकाे हाे ।

भारतिय दुतावासको सहयोगमा ८ वर्ष अगाडि ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुपैयाको लागतमा बन्ने भवन अलपत्र रहेको छ । भारतीय दूतावासको सहयोगमा जनप्रकाश माविको १५ कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको थियो ।
भारतीय दुतावासले ८ बर्ष अगाडी इबिडीङ्ग सिस्टमबाट उक्त भवन निर्माणका लागि “ग्याल्वो निर्माण सेवासंग सम्झौता गरेको थियो । तर निर्माण कार्यको आठ सात बर्ष बितिसक्दा पनि भवनको २० प्रतिशत मात्रै काम हुन सकेको थिएन् ।

२०७९ को स्थानिय तहबाट निर्वाचित जनप्रतिनधीले विभिन्न प्रक्रिया पुरा गरेपछि भवन निर्माण हुने भएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । भवन निर्माण कम्पनीले १ करोड ६९ लाख १२ हजार १ सय ४१ रुपैया भुक्तानी लिएर अलपत्र रहेको सो भवन अब बनाउने तयारी रहेको नगरप्रमुख बोहराले बताए । यस अघि निर्माण कार्य अलपत्र पारेको ठेकेदारले ४९ लाख रुपिया बढि भुक्तानी लिएकोले सो रकम जिम्मा नगरपालिकालाई आएको नगर प्रमुख बोहराले बताए ।

अलपत्र अवस्थामा रहेको उक्त विद्यालयको भवन पुनः निर्माणका लागि बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले काठमाण्डौंमा रहेको भारतीय दूतावाससंग अनुरोध गरेपछि सो भवनको पुनः निर्माण गरिने भएको प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले बताए । नगरप्रमुख बोहराले दुतावासंग भेट गरेर सो भवनको बारेमा जानकारी लिएपछि दुतावासले स्थलगत अनुगमन गरि नयाँ प्रक्रियाबाट भवन निर्माणको कार्य अगाडी बढाईएको प्रमुख प्रशासकिय अधिकृत शाहले बताए ।

बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा र जनप्रकाश माविका प्रधानाध्यापक अनोजराज गिरी लगायतको टोली भारतिय दुतावासमा पुगेर समस्या समाधान गरि टेण्डर प्रक्रिया अगाडी बढाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शाहले बताए । अबकाे एक हप्तामा ठेक्का प्रक्रियाकाे काम पुरा हुने प्रमुख प्रशासकिय अधिकृत शाहले बताए ।

२०७२ चैत्र २८ गते सम्झौता भएको र सो मितिको १५ महिनामा सक्नुर्ने सम्झौता भएको भएपनि हालसम्म २० प्रतिशत काम भएको प्राबिधीकहरुले बताएका छन । सम्झौता भएको मितिले ०७४ को भदौमा काम गरीसक्नु पर्ने भए पनी हाल सम्म कुनै पनी काम नगरी अलपत्र परेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ । भारतिय दुताबास संग सम्झौता भएको ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुपैँया रकम रहेको र काम २० प्रतिशतसम्म पनि हुन नसकेको समन्वय समिति बाजुराको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

भारतिय दुताबासको सहयोगमा २ छात्राबास भवन र १ बिद्यालय भवनका लागी सहयोग गरेको कार्यालयको श्रोतले उल्लेख गरेको छ । सो भवन निर्माणका गर्ने ठकेदारले नाममा हाल सम्म १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैँया ९ पैशा खर्च भएको देखीएको छ । म्याद थपका लागी निर्माण सेवा कम्पनीलाइ बिद्यालय ब्यवस्थापन समितिले पटक पटक पत्रचार गरिएको भएपनी अहिले सम्म कुनी प्रतिक्रृया नआएको बिद्यालयका प्रधानाध्यापक अनोजराज गिरीले बताए ।

आर्थिक बर्ष २०७५/०७६ को महा लेखा परिक्षणको प्रतिवेदनअनुसार १ करोड ८३ लाख ६० हजार ४ सय ३८ रुपैँया निकाशा गरिएको उल्लेख छ । महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख भए अनुसार १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैँया ९ पैशा खर्च भएको देखीएको छ । पेश्की ४८ लाख ९३ हजार २ सय ६ रुपैँया पेश्की रहेको रिर्पोटमा उल्लेख गरिएको छ भने बैकं मौज्जाद १४ लाख ४८ हजार २ सय ९६ हजार रुपैँया रहेको मलेप रिर्पोटमा उल्लेख गरिएको पाईएको छ ।

तत्कालिन जिल्ला विकास समितिका प्रमुख स्थानिय बिकाश अधिकारी अर्जुनप्रसाद सुबेदी र भारतिय दुताबासका सहसचिव गम्भिर सिहं र जनप्रकाश उच्च माध्यामिक बिध्यालयका प्राचार्य अनोजराज गिरी बिच सन २०१५ नोभेम्बर ६ तारिखमा तिन पक्षिय सम्झौता भएको थियो । हाल सम्म बनेको ३० प्रतिशत काम पनि पुनः गर्नुपर्ने भवन निमार्नणका प्राबिधिकहरुले बताउने गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार