मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले लिए शपथ ग्रहण

एमाले कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले लिए शपथ ग्रहण

  • सोमवार, फाल्गुन १४, २०८०
एमाले कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले लिए शपथ ग्रहण

धनगढी— नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रम जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित यज्ञराज ढुङ्गानासहितका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले पदभार समेत ग्रहण गरे। पदभार ग्रहण गर्दै ढुङ्गानाले एमालेभित्र नेतृत्व पङ्क्तिमा बस्ने नेताहरूले गुटबन्दी मौलाएको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

अधिवेशनमा जुनसुकै समूहबाट निर्वाचित भएर आएपनि सबैलाई मिलाएर अघि लैजाने पक्षमा रहेको ढुङ्गानाले बताए । घोडाघोडी नगरपालिकाको सुखडमा ६ फागुनमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट प्रतिद्वन्द्वी डेजी पाण्डेलाई ६९ मतले पराजीत गर्दै ढुंगाना अध्यक्षमा विजयी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार