सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • आमाको मृत्युपछि बिच्चलीमा परेका दुई भाइबहिनीको उद्धार

आमाको मृत्युपछि बिच्चलीमा परेका दुई भाइबहिनीको उद्धार

  • शनिबार, फाल्गुन १२, २०८०
आमाको मृत्युपछि बिच्चलीमा परेका दुई भाइबहिनीको उद्धार

बाजुरा —सुत्केरी हुने क्रममा आमाको मृत्युपछि बिचच्लीमा रहेका दुई भाइबहिनीको उद्धार गरिएको छ । बाजुराको जगन्नाथ गाउँपालिका ६ बस्ने २८ बर्षिय सुकिली सार्कीको तिन साता पहिला उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको वडा अध्यक्ष गौरी सार्कीले बताएका छन् ।
आमाको मृत्युपछि ७ बर्षका भिमराज सार्की र ५ बर्षकि कृतिका सार्की अलपत्र रहेको समाचार बडीमालिका खबरमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले खान बस्न देखी पठनपाठनमा सहयोग गर्ने गरि उद्धार गरेको संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । समाचारमार्फत अलपत्र रहेको जानकारी पछि संस्थाले काठमाडौमा ल्याएको कुवरले बताएका छन् ।

सुकिलीका श्रीमान अशक्त रहेका छन् । श्रीमतीको मृत्यु पछि छोराछोरी पाल्न निकै समस्या भएको थियो । संस्थाले सहयोग गरेपछि नावालक भाइबहिनीले राम्रो शिक्षादिक्षा पाउने गाउँपालिका अध्यक्ष कालि बहादुर शाहीले वताएका छन् ।

सुकिलीलाइ तिन साता पहिला नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल उद्धार गरिएको थियो । सुकिली सार्कीको पेटबाट अप्रेसन मार्फत मरेको बच्चा निकालेको थियो ।

उपचारको क्रममा पछिल्लो बिहान ५ बजेतिर उनको मृत्यु भएको थियो । सुत्केरी ब्यथा लाग्ने बितिकै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ उपचार सम्भब नहुने भन्दै रिफर गरिएको थियो । सुकिलीलाइ राष्ट्रपति उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको थियो ।
\

चर्चामा

सम्बन्धित समाचार