• होमपेज
  • देश/प्रदेश
  • भाँसु भिरमा द्धन्दकालमा राखेको एम्बुस विस्फोट हुदा चार जना घाईते

भाँसु भिरमा द्धन्दकालमा राखेको एम्बुस विस्फोट हुदा चार जना घाईते

  • बिहिबार, फाल्गुन १०, २०८०
सेयर गर्नुहोस् :
भाँसु भिरमा द्धन्दकालमा राखेको एम्बुस विस्फोट हुदा चार जना घाईते

भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझ तिर द्धन्दकालीन समयामा राखिएको विद्युतीय धराप(एम्बुस) बिष्फोट हुदा चार जना घाईते भएका छन्।

सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुदा चालक सहित चार जना घाईते भएका छन्। घाइते हुनेमा जेसिबी चालक कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए।
घाईते चार जना मध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ। अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

बसन्त खडायतको टाउको र अनुहारमा चोट लागेको छ भने रोलर अप्रेटर २२ वर्षीय हिरा थापाको टाउको र अनुहारमा चोट लागेको छ। यस्तै नबिन देबको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बिष्फोटपछि घट्नास्थल प्रहरीले सिज गरेको छ। सवारी साधन आवतजावतमा रोक लगाएको छ। घट्ना लगत्तै नेपाली सेनाको बम डिष्पोजल टोली घट्नास्थलमा गएको छ। द्धन्दकालमा उक्त क्षेत्रमा तत्कालिन बिद्रोही र नेपाली सेनाबीच भीषण लडाई भएको थियो। आज (बुधवार) बिष्फोट भएको बिद्युतीय धराप पनि द्धन्दकालकै भएको अनुमान गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार