• होमपेज
  • प्रदेश ७
  • आरसीले बिरामीलाई फलफूल र विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर मनाए जन्मदिन

आरसीले बिरामीलाई फलफूल र विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर मनाए जन्मदिन

  • बुधबार, फाल्गुन ९, २०८०
आरसीले बिरामीलाई फलफूल र विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर मनाए जन्मदिन

बाजुरा —राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव  रामचन्द्र राेकाया आरसीले बिरामीलाई फलफूल र विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर जन्मदिन मनाएका छन् । बुधबार विहान  जिल्ला अस्पताल बाजुरामा भर्ना भएका बिरामीलाई फलफूल वितरण सहीत स्वास्थ्य लाभको कामना गरेका रोकायाले दिनमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर  जन्मदिन मनाएका हुन् ।

जन्मदिनकाे अवसरमा शैक्षिक स्तर सुधारमा केहि सहयाेग पुगाेस् भन्ने उदेश्यले बडीमालिका नगरपालिका ९ मा रहेको मष्टेश्वरी आधारभुत विद्यालयका १ सय बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेकाे आरसीले बताए । कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई कापी कलम सहयोग गरेका छन् ।

शैक्षिक सामग्री लिएर मष्टेश्वरी आधारभुत विद्यालय चौराटा पुगेका रोकायालाई विद्यालयका तर्फबाट प्रधानाध्यापक भक्तबहादुर विष्टले अविर खादा सहीत स्वागत गरेका थिए । दुई दर्जन बढी युवाहरुको टोली सहीत रोकाया शैक्षिक सामाग्री वितरण गर्न विद्यालय पुगेका थिए । जन्मदिनमा हुने अनावश्यक खर्च कटाैती गर्दै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकाे आरसीले बताएका छन् ।

मान्छेको जीवनको उत्सवको दिन जन्मदिन नै हुने भएकोले उत्सव मनाउन र विद्यार्थीको भविष्य प्रति चिन्ता राखेर शैक्षिक सामाग्री सहयोग गरेकोमा विद्यालयका प्रअ भक्तबहादुर विष्टले आरसी रोकायालाई धन्यवाद दिएका छन् ।
सबै विद्यार्थीले शैक्षिक सामग्री प्राप्त गरेपछि खुसी भएका छन् । उनीहरुले विद्यालयमै बाहिरबाट आएर जन्मदिन मनाएको पहिलो पटक भएको स्मरण समेत गरेका छन् ।

विद्यालयका शिक्षक, विद्यार्थी सहीत प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओली, युवा संघका जिल्ला अध्यक्ष मिलनजंग ऐडी, खेलकुद महासंघका अध्यक्ष लक्ष्मण रोकाया, नेकपा एमाले गौमुल गाउँकमिटी उपसचिव वीरेन्द्र बोहरा, नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमिति उपसभापति अविनाश बडुवाल, युवा संघका नेता रोजेन रावत, अमृत जैशी, मनोज रोकाया सहीत सहभागि थिए ।

कार्यक्रमको सहजीकरण अनेरास्ववियुका नेता किशान खत्रीले थरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार