सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • शिक्षा
  • प्रावि शिक्षकमा बाजुराबाट माग भन्दा १८ जना कम परीक्षार्थी पास

प्रावि शिक्षकमा बाजुराबाट माग भन्दा १८ जना कम परीक्षार्थी पास

  • बुधबार, फाल्गुन ९, २०८०
प्रावि शिक्षकमा बाजुराबाट माग भन्दा १८ जना कम परीक्षार्थी पास

बाजुरा– शिक्षक सेवा आयोगले यसवर्ष प्राथमिक तहमा माग गरे अनुसार शिक्षक पदपूर्ति नहुने भएको छ । आयोगले २०७९ चैतमा काठमाडौंबाहेक ७६ जिल्लामा सात हजार ९५४ शिक्षक माग गरेको थियो । त्यस अनुसार गत २० जेठमा सामान्य र १३ असोजमा विषयगत परीक्षा सञ्चालन गरेको थियो । १३ असोजमा लिएको विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्दा बाजुरामा माग गरेभन्दा  कम प्रशिक्षार्थि पास भएका छन ।

७६ मध्ये ४३ जिल्लामा मात्र माग गरेअनुसार परीक्षार्थी उतीर्ण भएका छन् । उतीर्ण भएकाहरुको अन्तर्वार्ता २० फागुनदेखि जिल्ला शिक्षा समन्वय इकाइमा हुनेछ । कोशीमा इलाम र धनकुटामा मात्र माग संख्या अनुसार परीक्षार्थी उतीर्ण भएका छन् । बाँकी १२ जिल्लामा कम प्ररीक्षार्थी उतीर्ण भएका छन् । त्यसमध्ये सबैभन्दा बढी सोलुखुम्बुमा ७०, ओखलढुंगामा ५४, मोरङमा ३७ जना कम परीक्षार्थी उतीर्ण भएका छन् । मधेशमा सर्लाही, बारा, पर्सा र सप्तरीमा मात्र मागअनुसार शिक्षक उतीर्ण भएका छन् । लिखित परीक्षामा माग गरेभन्दा धनुषामा ४०, सिरहामा १५, महोत्तरीमा २५ र रौतहटको १३ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।

बागमतीका काठमाडौंबाहेकका जिल्लामा कुल एक हजार ३३२ शिक्षक माग गरेकामा १५३ जना कम परीक्षार्थीले मात्र लिखित परीक्षामा नाम निकालेका छन् । दोलखामा १८, नुवाकोटमा ११, काभ्रेपलाञ्चोकमा ४०, चितवनमा ३ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुरमा मात्र माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।

गण्डकीमा बाग्लुङ, तनहुँ, गोरखा, नवलपरासी, लमजुङ र मुस्ताङमा माग अनुसार परीक्षार्थी पास भएका छन् । कास्कीमा २५ र पर्वतमा १८ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । लुम्बिनीमा अर्घाखाँचीमा ११, पाल्पामा ४, रुकुमपूर्वमा १७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कर्णालीमा सुर्खेत बाहेक अन्य जिल्लाले माग अनुसार शिक्षक पाउने देखिएको छ । सुर्खेतमा ६९ जना माग भएकामा ६३ जना उतीर्ण भएका छन् । सुदूरपश्चिमको बाजुरामा १८ र डडेलधुरामा १ जना कम परीक्षार्थी उतीर्ण भएका छन् । अरु जिल्लामा भने माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।

किन भयो यस्तो ?

शिक्षक सेवा आयोगको परीक्षार्थीहरुको तयारी कमजोर भएको यस क्षेत्रका जानकारहरु बताउँछन् । शिक्षा शास्त्र केन्द्रीय विभागका शिक्षण सहायक बाबुराम राईका अनुसार प्रावि तहको शिक्षक उतीर्ण हुन अंग्रेजी, गणित, नेपाली, सामाजिक विषय पढाउन सक्ने गरी तयारी गर्नुपर्छ ।

परीक्षार्थीहरु स्वअध्ययन भन्दा ट्युसन पढेर परीक्षा दिने तयारी गर्दा कमजोर देखिएको राईको बुझाइ छ । ट्युसन सेन्टरहरुले नयाँ विचार दिने, तर्क गर्ने, व्यवहारिक ज्ञान दिने भन्दा पनि प्रश्नको उत्तर घोकाउने काम गर्ने हुनाले त्यत्तिको भरले शिक्षकको परीक्षा उतीर्ण गर्न कठिन हुने शिक्षक सहायक राईले बताए ।

शिक्षाविद् मिनाक्षी दाहाल परीक्षार्थीको तयारी र परीक्षा तथा परीक्षण मापदण्डबीच तालमेल नहुँदा माग गरिए अनुसार परीक्षार्थी उतीर्ण नभएको बताउँछिन् । कमजोर ग्रेड ल्याउनेहरुले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाले परीक्षामा सहभागीको संख्या बढी देखिए पनि अपेक्षा गरे अनुरुप शिक्षक नपाउने अवस्था रहेको उनको बुझाइ छ ।

शिक्षक सेवा आयोगका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले यस वर्षको परीक्षाको नतिजा विश्लेषण नगरेकाले के कारणले कम परीक्षार्थी उतीर्ण भए पत्ता लगाउन नसकिएको बताए । ‘अहिलेसम्मको नतिजा सार्वजनिक गर्नमा केन्द्रित थियौं । रिक्त दरबन्दी अनुसार स्थायी शिक्षक नपाउनुको कारण र विश्लेषण गर्ने तयारीमा छौं’, उनले भने ।

कोशी प्रदेशको शिक्षा विकास निर्देशनालयको निमित्त निर्देशक कृष्णप्रदास पोखरेल यसको कारण पत्ता लगाउन आयोगको पाठ्यक्रम र विश्वविद्यालयको शिक्षाको गुणस्तरलाई विश्लेषण गरेर हेर्नुपर्ने बताउँछन् । ‘यी दुई पक्षबाट हेर्नुपर्छ तर यसैको नजिक रहेर विश्लेषण चाहिँ गरेका छैनौं’, उनले भने । अनलाइन खवरबाट 

चर्चामा

सम्बन्धित समाचार