• होमपेज
  • राजनीति
  • नेकपा एमाले कैलालीको अध्यक्षमा जोशीको उम्मेदवारी घोषणा

नेकपा एमाले कैलालीको अध्यक्षमा जोशीको उम्मेदवारी घोषणा

  • मङ्लबार, फाल्गुन ८, २०८०
नेकपा एमाले कैलालीको अध्यक्षमा जोशीको उम्मेदवारी घोषणा

धनगढी— नेकपा एमाले कैलालीको अध्यक्षमा दुर्गा जोशीले उम्मेदवारी घोषणा गरेका छन्। कैलालीको सुखडमा आइतवारदेखि सुरु भएको एमालेको जिल्ला अधिवेशनमा उनले समूहसहित उम्मेदवारी घोषणा गरेका हुन्। एमाले कैलालीका कार्यवाहक अध्यक्षसमेत रहेको जोशीले उपाध्यक्षमा विष्णु चौधरी, सचिवमा दानबहादुर विश्वकर्मा, उपसचिवमा नृपबहादुर खड्का र रत्ना कुवर जोशी रहेका बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार जिल्ला अधिवेशनको सुखडमा उद्घाटन गरेको थिए। अध्यक्षमा तीन जना आकांक्षी रहेका छन्। जोशीसँग सचिव डेजी पाण्डे र नेता यज्ञ ढुंगाना अध्यक्ष पदका दाबेदार हुन्। एमालेले पहिलो पटक अधिवेशनअघि नै सहमति खोज्ने प्रयत्नका रूपमा आकाङ्क्षीहरूलाई इच्छापत्र पेस गर्नुपर्ने विधि तय गरेको थियो। इच्छापत्र पेस उनीहरुको बिचमा अधिवेशनमा समेत सहमति हुन सकेको छैन्।

अध्यक्षसहित पदाधिकारी तहका पाँच पदमा ५३ जनाले इच्छापत्र पेस गरेका छन्। उपाध्यक्षमा ८, सचिवमा १२ र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकाङ्क्षा राख्दै इच्छापत्र दर्ता गराएका थिए। अध्यक्षमा सहमति नभएकाले अन्य पदहरूमा छलफलसमेत नभएको एमालेका नेताहरूले बताएका छन्।

नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङमा छन। जोशी केन्द्रीय सचिव भट्टले अघि सारेका नेता हुन्। भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन्।

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन्। पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन्। त्यस्तै एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्वअध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन्। उनको टिमबाट सचिव पदमा विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकाङ्क्षी छन्।

चर्चामा

सम्बन्धित समाचार