आफै सँग शङ्घर्ष गर्नुपर्छ जीवनको सफर उस्तै छ,
खोला सुस्याउँछ उसैको छातिमा मौन बगर उस्तै छ।
दक्दिरका कुरा गर्छन् शोषित पिडित जनता हरूले,
उनिहरू लाई नै मरेपछि स्वर्गमा पुग्ने रहर उस्तै छ।
हलो बनाउँने र दाम्ला नाम्ला बाटेर गुजार चल्द्थ्यो,
आज उन्कै अपमान अनि अल्छिको कदर उस्तै छ।
बा र आमाले छोरा छोरीको लागि आफ्नै रगत बेचे,
उनै औलादले गर्दा आँसुमा भिजेको अधर हुस्तै छ।
सपना र यो जना त आफ्नै मन मष्तिकमा छन् थुप्रै,
तर कहाँ पुगेर दफन् हुन्छन् मानिस वेखबर उस्तै छ।
जब निकास विहिन हुन्छ यो मन र मष्तिक आफ्नो,
उस्लाई मानिसमा भन्दा बरू ढुङ्गामा नै भर उस्तै छ।