शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • सभापति देउवाले गरे कांग्रेस महासमिति बैठकको उद्घाटन

सभापति देउवाले गरे कांग्रेस महासमिति बैठकको उद्घाटन

  • सोमवार, फाल्गुन ७, २०८०
सभापति देउवाले गरे कांग्रेस महासमिति बैठकको उद्घाटन

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमिति बैठकको उद्घाटन गरेका छन्। सभापति देउवाले ललितपुरको गोदावरीमा महासमिति बैठकको उद्घाटन गरेका हुन्।

महासमिति बैठकस्थल विभिन्न सामग्रीहरूले झकिझकाउ गरिएको छ। बैठकस्थल पुग्न २० वटा बसको व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ। बैठकस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रवेशद्वारमा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र सभापति देउवाको तस्बिर राखिएको छ।

महासमिति बैठक तीनसम्म चल्नेछ। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति,महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव तथा अर्थमन्त्री डा.प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रतिवेदन पेश गर्ने र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

बैठकमा १६५ केन्द्रीय सदस्य, हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०,जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुने प्रचार विभाग प्रमुख प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन्।

राजनीतिक स्थायीत्व,रुपान्तरण र नविनता,स्वतन्त्रता न्याय र समानता भन्ने मूल नाराका साथ सुरू हुने महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

चर्चामा

सम्बन्धित समाचार