बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफ्रिकामा १० करोड बालबालिका तथा युवा विद्यालय विमुख

अफ्रिकामा १० करोड बालबालिका तथा युवा विद्यालय विमुख

  • शुक्रबार, फाल्गुन ४, २०८०
अफ्रिकामा १० करोड बालबालिका तथा युवा विद्यालय विमुख

आदिस अबाबा- अफ्रिकामा ६ देखि १९ वर्ष उमेर समूहका करिब दश करोड बालबालिका तथा युवाहरू विद्यालयबाट वञ्चित भएको पाइएको छ । शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू) का आयुक्त मोहम्मद बेल्होसिनले अफ्रिकामा ६ देखि १९ वर्ष उमेर समूहका करिब दश करोड बालबालिका तथा युवाहरू विद्यालयबाट वञ्चित भएको बताएका हुन् ।

बालबालिका तथा युवाहरू व्यापक जोखिममा रहेकाले आतङ्कवादी समूह, लागूऔषध व्यापारी र मानव बेचबिखनकर्ताहरूले सजिलैसँग प्रयोग गर्ने गरेको इथियोपियामा जारी एयू शिखर सम्मेलनमा बेल्होसिनले बताए । तिनीहरूमध्ये धेरै विभिन्न अपराध नेटवर्कमा संलग्न हुने वा अफ्रिकाका अन्य भागहरूलगायत महाद्वीप बाहिर बसाइँ सर्ने गरेको उनले बताए ।

उनीहरूलाई व्यावसायिक र प्राविधिक प्रशिक्षणको माध्यमबाट सहयोग गरी स्वरोजगार बन्न आवश्यक सीपहरू प्राप्त गर्न सहयोग गर्नुपर्ने कुरामा उनले जोड दिए । अफ्रिकाले कम ग्रेडमा गुणस्तरीय शिक्षा प्रदान गर्नमा अवरोधको सामना गरिरहेको छ ।

परिणामस्वरूप अफ्रिकाका हरेक १० मध्ये नौ बालबालिकाले १० वर्षको उमेरमा साधारण पढ्न र बुझ्नसमेत असमर्थ भएको आयुक्तले स्वीकार गरे । अफ्रिकालाई सन् २०२३ सम्ममा विश्वव्यापी शिक्षाको पहुँच हासिल गर्न करिब ९० अर्ब अमेरिकी डलरको आवश्यकता रहेको उल्लेख गर्दै उनले कोषलाई पूरा गर्न महाद्वीपलाई विश्वव्यापी सहयोगको आह्वान गरे ।

चर्चामा

सम्बन्धित समाचार