बाजुरा– गौमुल गा.पा.१ माडी वस्ने महेन्द्र रोकायाको घरमा आगलागि भएकाे छ । ढुङ्गा माटोले बनेको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई आगलागि भएकाे प्रहरीले जनाएकाे छ ।
अचानक आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा, जस्तापाता र काठ लगायतका सामानहरु गरि दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
घरको माथिल्लो तलाबाट खाना खाएर तल्लो तलामा सुत्न आएको बेला एकाएक आगलागी भएको बताईएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायत जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट कुनै मानवीय क्षति तथा पशु चौपायमा भने स्थानीयले तत्काल उद्दार गरेपछि क्षति हुनबाट बचेको छ ।