बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ठेकेदारको लापारबाहीले बिच्छ्याको गोलीगौँडा सडक ५ बर्षदेखी अलपत्र

ठेकेदारको लापारबाहीले बिच्छ्याको गोलीगौँडा सडक ५ बर्षदेखी अलपत्र

  • बिहिबार, फाल्गुन ३, २०८०
ठेकेदारको लापारबाहीले बिच्छ्याको गोलीगौँडा सडक ५ बर्षदेखी अलपत्र

बाजुरा– हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छयाँमा रहेको गोलीगौंडा सडक खण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । राष्ट्रिय सडक सञ्जालका रुपमा रहेको कोल्टी-मार्तडी सडक खण्डसँग जोड्ने उदेश्यले निमाणर् हुन लागेको बिच्छयाँको गोलीगौंडा सडक खण्ड अलपत्र पारिएको हो । हालसम्म सडक सञ्जालसँग जोडिन नसकेको दुर्गम हिमालीको बिच्छयाँलाई सडक सञ्जालसँग जोड्ने उदेश्यले निमाणर् कार्य सुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेको स्थानियले बताएका छन । समयमा सडक निमाणर् नभएपछि स्थानीयदेखि जनप्रतिनिधिलाई आवतजावतमा समस्या भएको बिच्छ्याका स्थानियले बताउने गरेका छन ।
संघीय सरकारको भौतिक पुर्वाधार यातायात मन्त्रालयको ८६ लाख १ हजार ६६ रुपैयाँमा सडक निमाणर् सम्पन्न गर्ने गरी गत ०७६ असार ३० गते सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय साफेँबगर अछाम र सेविका वेहेडा बाबा जेबी डडेलधुरा निमाणर् कम्पनिका सञ्चालक युवराज जोशी बीच ०७७ वंैशाख २७ गते काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौता मिति अगावै अर्थात ११ महिना भित्र सडक निमाणर् कार्य सम्पन्न गर्नु पर्ने गरी दुबै पक्षबीच सम्झौता भएको सडकको पाचँ वर्ष पुगिसक्दा पनि निमाणर् कार्य अलपत्र बनेको स्थानियको भनाई रहेको छ ।
एक वर्षभित्र निमाणर् सम्पन्न गर्नु पर्ने सडकको पाँच वर्ष पुगि सक्दा पनि एक प्रतिशत काम नहुनु दुखद भएको पुर्व अध्यक्ष धनरुप बुढाको गुनासो छ । काम नभए पनि भयो भनेर भुक्तानी लिने ठेकेदार र भुक्तानी दिने स्थानीय निकायको पनि ठुलो कमजोरी रहेको उनको भनाई रहेको छ । स्थानीय निकायले पनि काम अनुसारको भुक्तानी दिनमा कडाई नगर्दा बाजुराका अधिकांश सडकको अवस्था दुर्भाग्य भएको उनको भनाई रहेको छ ।
ठेकेदार जोशीले पनि कामै नगरी १४ लाख भुक्तानी लिएको पाइएको छ । ठेकेदार जोशीले ८६ लाख १ हजार ६६ रुपैयामध्ये १४ लाख भुक्तानी लिएको पाईएको हो । समयमा काम सम्पन्न नहुनु ठेकेदारको चरम लापरवाही देखिए पनि अनुगमन नगरी भुक्तानी गरिनु र अलपत्र बनेको काम निमाणर् गर्न नलगाउनु सम्बन्धित निकायको ठुलो कमजोरी रहेको स्थानीय बताउँछन् ।
हिमाली गाउँपालिकाका ५ का वडा अध्यक्ष प्रजित थापाले अन्य स्थानीय तहका सबै वडामा सडक मार्गको पहुँच पुगे पनि आफ्नो वडामा नपुगेको बताए । ठेकेदारको लापरवाहीका कारण वडाका स्थानीय सडक यातायातबाट बञ्चित रहेका उनले बताए । सडक यातायातको सुविधा नभएकाले त्यहाँका स्थानीय बासिन्दाले वडा कार्यालयमा पुुग्नकै लागि पनि एक दिनको पैदल हिँड्नुु पर्ने बाध्यता रहेको वडाअध्यक्ष थापाले बताए ।
बर्षौँदेखि साघुँरो गोरटो बाटोमा ज्यान जोखिममा राखेर हिडडुँल गर्दै आएका स्थानीयलाई सडक निमाणर् भए सजिलो होला भन्ने आशा पलाए पनि फेरि उस्तै निरासा छाएको स्थानीय मनलाल बुढाले बताए । उनले गाउँमा बजार नहुँदा चामल र नुन लिनका लागि धुलाचौर कवाडी पुग्ने गरे पनि बाटो सहज नहुँदा समस्या हुने गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार