शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराबाट ६ करोड बढिको कृषि वस्तु निर्यात, ३ कराेडकाे काेदाे मात्रै बाहिरीयाे

बाजुराबाट ६ करोड बढिको कृषि वस्तु निर्यात, ३ कराेडकाे काेदाे मात्रै बाहिरीयाे

  • बुधबार, फाल्गुन २, २०८०
बाजुराबाट ६ करोड बढिको कृषि वस्तु निर्यात, ३ कराेडकाे काेदाे मात्रै बाहिरीयाे

बाजुरा– दुर्गम जिल्ला रहेको बाजुराले कृषि बस्तु निर्यातको सूरुवाती गरेको छ । कृषकहरुले अनुदान पाउन थालेपछी उत्पादनमा बृद्धि भएर निर्यात हुन थालेको हो । जसमा बाजुरा जिल्लाबाट २०८०/८१ को आर्थिक बर्षमा मात्रै ६ करोड भन्दा बढिको कृषि वस्तु निर्यात गरेको तथ्याकं रहेको छ । भोकमरी र समस्याको जिल्लाको रुपमा रहेको बाजुराबाट पनि निर्यात हुन्छ भन्ने यो तथ्याकंकले बाजुरा भोकमरी र समस्याको मात्र जिल्ला होइन भन्ने देखाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ मसान्तसम्म रु ६ करोड ७३ लाख बराबरको कृषि वस्तु निर्यात भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जैशीले बताएका छन । बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफुल निर्यात भएको पाईन्छ । चालु वर्षको १० महिनामा मात्रै ३ करोड बराबरको कोदो, २० लाख बराबारको स्याउ, १६ लाख बराबारका मकै र ३६ लाख बराबरको सिमी जिल्ला बाहिर निर्यात गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जैशीले बताए ।
जिल्लाका बिभिन्न ठाउँमा उत्पादन भएको २२ हजार कुईन्टल कोदो जिल्ला बाहिर निर्यात भएको छ,जसको मुल्य ३ करोड रुपिया कृषकले पाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ । बाजुरामा उत्पादन भएको २ सय कुईन्टल स्याउ निर्यात हुदा कृषकले २० लाख रुपिया आम्दानी गरेका छन ।
बाजुरामा उत्पादन भएको ३६ लाख रुपियाँ बराबरको २ सय २० कुईन्टल सिमी काठमाण्डौ लगायतका शहरमा पठाएको मिलोमतो सहकारीका सदस्य देब बहादुर रोकायाले बताएका छन । त्यसै गरी बडिमालिका नगरपालिका वडा न ७ ढम्कनेको एकै गाउँबाट बर्सेनि अनुमानित बिउ आलु बिक्रीबाट २ करोड बढिको आम्दानी हुने गरेको ढम्कनेका अगुवा कृषक खडक बहादुर धामीले बताए । धामीले मात्रै यो बर्ष २ लाख बराबरको बन्दा र ५ लाख बराबरका आलु मात्र बिक्री गरेको उनले बताए । ४० कुईनटल सिमि कोरीया सम्म बजारी करण गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाबाट ५० कुईन्टल प्याज धनगढी पठाएको र जसको मुल्य २ लाख पचास हजार रहेको छ । त्यसै गरी बडिमालिका नगरपालिका ७ को ढम्कनेमा उत्पादन भएको आलु ४ सय कुईन्टल अर्थात १६ लाख बराबारको आलु काठमाण्डौँ, पोखरा, धनगढी र नेपालगन्जमा पठाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ । जिल्लामा रहेका कर्मचारीले बिदामा घर जाने बेला लिएको आलु र स्याउको तथ्याकं नररहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । त्यसै गरि १० लाख ५० हजार बराबर अथार्त ३ सय कुईन्टल मकै जिल्ला बाहिर निर्यात गरएिको जनाएको छ । त्यसै गरी याे बर्ष बडिमालिका नगरपालिकाले ३५ कुइन्टल पागर समेत निर्यात गरेकाे बडिमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।
पछिल्लो समय प्रदेश सरकार र स्थानिय तहले अनुदानका कार्यक्रम संचालन गरे संगै बाजुराका कृषकहरु कृषिजन्य उत्पादनतर्फ आर्कषीत भएको बडिमालिका नगरपालिका कृषि शाखा प्रमुख रमेशराज विकले बताए ।
स्थानिय तहको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराले उत्पादनमुखी कार्यक्रम ल्याएर जिल्लालाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । बाजुराबाट सबैभन्दा धेरै अन्नवाली दाल र फलफूल निर्यात भएको तथ्याकं छ ।
स्थानीयवासीले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, कृषि खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमा तरकारी तथा फलफुल र नगदेबाली खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका बाजुराबासीले पछिल्लो समय ब्यबासयीक कृषिखेती तिर आर्कषित हुदै आएका कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार