• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको अधिवेशन चैत्र १६ र १७ गते मार्तडीमा हुने

नेकपा एमाले बाजुराको अधिवेशन चैत्र १६ र १७ गते मार्तडीमा हुने

  • सोमवार, माघ २९, २०८०
नेकपा एमाले बाजुराको अधिवेशन चैत्र १६ र १७ गते मार्तडीमा हुने

बाजुरा– नेकपा एमाले बाजुराको जिल्ला अधिवेशन आगामी चैत्र १६ र १७ गते मार्तडीमा हुने भएको छ । हिजो मार्तडीमा सम्पन्न पार्टी जिल्ला कमिटीको १० औं बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
आइतबार बैठक सम्पन्न लगत्तै एमाले बाजुराले पत्रकार सम्मेलन आयोजना गर्दै जिल्ला अधिवेशन चैत्रमा गर्ने निणर्य गरेको एमाले बाजुराले जनाएको छ ।
पार्टी शिर्ष नेताहरु बीच सचिवालय बैठक बसेर अधिवेशनको मिति तय गरेपछि जिम्मेवारीबारे निणर्य गरिएको थियो । यस अघि कोल्टीमा माघ २६ र २७ गते आठौं जिल्ला अधिवेशन गर्ने गरि निणर्य गरिएपनि पार्टीमा आन्तरिक समस्या देखाएर २ महिना पछि धकेलिएको हो ।
त्यस्तै उक्त बैठकले रिक्त रहेको पदमा अध्यक्षमा पार्टी सचिव भरत थापा, उपाध्यक्षमा उपसचिव जनक कुमार बोहरा र सचिवमा कार्यालय सचिव काशी विकलाई जिम्मेवारी दिएको छ । कालीबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी तोकेसँगै रिक्त कमिटीले पूणर्ता पाएको हो ।

चर्चामा

सम्बन्धित समाचार